राहदानी खरिद ठेक्का प्रकरणमा बयानका लागि तत्कालीन परराष्ट्रमन्त्री आरजु राणादेउवालाई बोलाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुढानिलकण्ठस्थित देउवा निवासमा पत्र टाँसिदिएको छ। अख्तियारले राणादेउवालाई तीन दिनभित्र बयानका लागि उपस्थित हुन निर्देशन दिएको छ।
यो प्रकरणमा अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल कुमार रेग्मीमाथि पनि अनुसन्धान गरिरहेको छ। पत्र टाँसिएपछि राणादेउवाले आफू उपचारका क्रममा विदेशमा रहेको र तत्काल उपस्थित हुन नसक्ने भन्दै अख्तियारमा इमेल पठाएको बताइएको छ।
तर, अख्तियार भने उनलाई कुनै पनि हालतमा काठमाडौँ ल्याएरै छाड्ने मनसायका साथ अघि बढेको स्रोतले जनाएको छ।
