मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

राहदानी प्रकरण: अख्तियारले आरजुलाई बयानका लागि बोलायो, पत्र टाँसियो

राहदानी खरिद ठेक्का प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन परराष्ट्रमन्त्री आरजु राणादेउवालाई बयानका लागि बोलाएको छ। बुढानिलकण्ठस्थित देउवा निवासमा पत्र टाँसिएको छ। अख्तियारले उनलाई तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ।
Arjun Basnet
खोजमूलक पत्रकार
१ मिनेट पढाइ
आकार:
आरजु राणादेउवा अख्तियार
Share:
१९८

राहदानी खरिद ठेक्का प्रकरणमा बयानका लागि तत्कालीन परराष्ट्रमन्त्री आरजु राणादेउवालाई बोलाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुढानिलकण्ठस्थित देउवा निवासमा पत्र टाँसिदिएको छ। अख्तियारले राणादेउवालाई तीन दिनभित्र बयानका लागि उपस्थित हुन निर्देशन दिएको छ।

यो प्रकरणमा अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनिल कुमार रेग्मीमाथि पनि अनुसन्धान गरिरहेको छ। पत्र टाँसिएपछि राणादेउवाले आफू उपचारका क्रममा विदेशमा रहेको र तत्काल उपस्थित हुन नसक्ने भन्दै अख्तियारमा इमेल पठाएको बताइएको छ।

तर, अख्तियार भने उनलाई कुनै पनि हालतमा काठमाडौँ ल्याएरै छाड्ने मनसायका साथ अघि बढेको स्रोतले जनाएको छ।

Arjun Basnet

Arjun Basnet

खोजमूलक पत्रकार

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार