NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भन्सार छलीका ७७४ विद्युतीय गाडी सशस्त्र प्रहरी नियन्त्रणमा

सशस्त्र प्रहरी बलले भन्सार छलीका ७७४ विद्युतीय गाडी नियन्त्रणमा लिएको छ। मुस्ताङको कोरोला नाकाबाट भित्रिएका गाडीहरू जोमसोम, कुस्मा र हेम्जाबाट बरामद गरिएका हुन्। नुवाकोटबाट पनि थप दुई गाडी नियन्त्रणमा लिइएको छ।
Sanjay Karki
Sanjay Karki
4 June 2026, 11:17 am १ मिनेट पढाइ
आकार:
विद्युतीय गाडी नियन्त्रण
Share:

सशस्त्र प्रहरी बलले भन्सार छलीका ७७४ विद्युतीय गाडी नियन्त्रणमा लिएको छ। Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार, मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गएराति ती गाडी नियन्त्रणमा लिइएको हो।

यस कारबाहीमा सशस्त्र प्रहरी बल नेपाल नं ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं २५ चण्डिका गण पर्वत र नं २४ कालिका गण कास्कीका सुरक्षाकर्मी परिचालन भएका थिए।

नुवाकोटको पासाङल्हामु सडकबाट पनि थप दुई गाडी नियन्त्रणमा लिइएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार