मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

अरुण तेस्रोको ड्याम निर्माण रोकियो, नदीको बहाव ८१८.५० मिटर पुग्यो

सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्याम निर्माण रोकिएको छ। अरुण नदीमा जलसतह बढेर ८१८.५० मिटर पुगेपछि काम अवरुद्ध भएको हो। प्रशासनले तटीय क्षेत्र र पहिरोको जोखिममा रहेका बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
अरुण तेस्रो ड्याम निर्माण
Share:
११४

सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्याम निर्माण रोकिएको छ। अरुण नदीमा जलसतह बढेपछि आयोजनाको काम पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले Nmkhabarलाई पुष्टि गरे।

आयोजनाको निर्माणाधीन क्षेत्रमा नदीको बहाव बढेपछि डाइभर्सनका लागि अस्थायी सुरुङबाट पानी निकास हुन नसक्दा अस्थायी ड्याममाथिबाट बगेको हो। पानी स्थायी ड्याम निर्माण भइरहेको क्षेत्रमा प्रवेश गर्न थालेपछि तत्कालका लागि ड्याम निर्माण रोकिएको प्रहरी निरीक्षक राजवंशीले बताए।

हाल आयोजनास्थलमा अरुण नदीको बहाव ८१८.५० मिटर पुगेको छ। आयोजनास्थलमा नदीको सतह ८१७ मिटरभन्दा माथि पुगेमा जोखिमपूर्ण मानिने जनाइएको छ। प्रहरीले आयोजनास्थलको अवस्था र नदीको बहावको निरन्तर निगरानी गरिरहेको छ।

निरन्तर वर्षाले नदी तथा खोलाको तटीय क्षेत्र र पहिरोको जोखिममा रहेका बस्तीमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। भारी वर्षाको सम्भावना रहेकाले विशेष सावधानी आवश्यक छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार