सर्लाहीसहित मधेसका जिल्लामा छठ पर्वको सन्ध्या अर्घ्य सम्पन्न
कात्तिक २९ गते आइतबार साँझ सर्लाहीसहित तराई-मधेसका विभिन्न जिल्लामा छठ पर्वको मुख्य विधि सन्ध्या अर्घ्य श्रद्धापूर्वक सम्पन्न भएको छ। व्रतालुहरूले सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन गर्नेछन्।