विराटनगरका रेस्टुरेन्ट सञ्चालक मनोज खत्री मृत्यु प्रकरण: प्रेम सम्बन्धमा खटपटपछि युवती पक्राउ, ५ दिन म्याद थप
विराटनगरका रेस्टुरेन्ट सञ्चालक मनोज खत्रीको मृत्यु प्रकरणमा प्रहरीले झापाकी २७ वर्षीया खिलिना दाहाललाई पक्राउ गरेको छ। खत्रीसँग प्रेम सम्बन्धमा रहेकी दाहालमाथि आत्महत्या दुरुत्साहनको आरोपमा अनुसन्धान भइरहेको छ।
