NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बागमती प्रदेशमा सवारी दुर्घटनाको ग्राफ बढ्दो: ८ महिनामा २८१ को मृत्यु

बागमती प्रदेशमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १,६५८ सवारी दुर्घटना भएका छन्। यस अवधिमा उपत्यका बाहेकका १० जिल्लामा २८१ जनाको मृत्यु र ३,२९६ घाइते भएका छन्। चितवन र मकवानपुरमा दुर्घटना र मृत्युदर उच्च छ।
Kamala Devi
Kamala Devi
4 June 2026, 10:18 am १ मिनेट पढाइ
आकार:
सवारी दुर्घटना बागमती प्रदेश
Share:

बागमती प्रदेशमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म उपत्यका बाहेकका १० जिल्लामा १,६५८ सवारी दुर्घटना भएका छन्। यस अवधिमा २८१ जनाको मृत्यु भएको छ भने ३,२९६ जना घाइते भएका छन्।

प्रदेश प्रहरी कार्यालय, हेटौंडाका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा यी दश जिल्लामा २,४२२ सवारी दुर्घटनामा ३०४ जनाको मृत्यु भएको थियो। आर्थिक वर्ष २०८०/०८१ मा १,५३६ दुर्घटनामा ३१५ जनाले ज्यान गुमाएका थिए। गत वर्षको तुलनामा अघिल्लो वर्ष मृतक संख्या ११ ले कम थियो।

गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा ८३६ घटना बढी भएका छन्। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १,६५८ सवारी दुर्घटना भएका छन्।

दुर्घटनाको तथ्यांकमा चितवन जिल्ला अगाडि छ। गत आर्थिक वर्षमा चितवनमा मात्रै १२० जनाले ज्यान गुमाएका थिए। यसवर्ष यो अवधिमा ८९ जनाको मृत्यु भएको छ। दश महिनामा चितवनमा ४८४ सवारी दुर्घटना भएका छन्। ८७ जना गम्भीर घाइते छन् भने ८०९ जना सामान्य घाइते भएका छन्।

दुर्घटनामा ज्यान गुमाउनेको संख्या चितवनपछि मकवानपुरमा धेरै छ। गत आवमा मकवानपुरमा ४०७ दुर्घटनामा ५० जनाले ज्यान गुमाएका थिए। यसवर्ष मकवानपुरमा ५३ जनाको मृत्यु भएको छ।

प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुख प्रहरी नायब महानिरीक्षक दिपक रेग्मीले सडकको दुरावस्था, चालकको लापरबाही, सवारी साधनको चाप र जोखिमयुक्त सडक मार्गका कारण दुर्घटना बढेको बताए।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार