NM Khabar 14 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बाजुराको ताम्सुमा पहिरो: एक बेपत्ता, दुई घाइते

बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरो जाँदा एक जना बेपत्ता र दुई जना घाइते भएका छन्। धर्म थापा र कर्ण बहादुर थापाको घरमा क्षति पुगेको छ।
Sanjay Karki
Sanjay Karki
14 August 2026, 8:32 am १ मिनेट पढाइ
आकार:
बाजुरा पहिरो
Share:

बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोले दुई घरमा क्षति पुर्याएको छ। एक जना बेपत्ता र दुई जना घाइते भएका छन्।

स्थानीय ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्ण बहादुर थापाको घर पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीले Nmkhabarलाई पुष्टि गरे। सोही घरका दुई जना घाइते भएका छन्। एक जना बेपत्ता छन्।

निरन्तर वर्षाले उद्धार कार्यमा समस्या पारेको छ। प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहरा नेतृत्वको १७ जनाको टोली घटनास्थलतर्फ गएको छ। सशस्त्र प्रहरी बल बाजुराको टोली पनि खटिएको छ।

बडीमालिका र बार्जुगाड प्रहरी चौकीका टोली बिहीबार रातिदेखि घटनास्थलमा खटिएका छन्।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार