प्रधानमन्त्री बालेन शाहसँग भारतका विदेशमन्त्री डा. एस. जयशंकरले नयाँ दिल्लीस्थित होटल ताजमहलमा शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा कनेक्टिभिटी, व्यापार, पारवहन, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका द्विपक्षीय सहकार्यका विषयमा छलफल भयो।
प्रधानमन्त्री शाह भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली पुगेका हुन्। भेटवार्ताका क्रममा दुवै पक्षले द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा कुराकानी गरेका छन्।
