मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

प्रधानमन्त्रीको राजीनामा माग गर्दै त्रिचन्द्रमा प्रदर्शन, पुत्ला दहन

प्रधानमन्त्री बालेन शाहले नेपाल-भारत सीमाबारे संसद्मा दिएको अभिव्यक्तिको विरोधमा त्रिचन्द्र क्याम्पसमा तरुण दलले प्रदर्शन गरेको छ। प्रधानमन्त्रीको पुत्ला दहन गर्दै राजीनामा माग गरिएको छ।
Rohan Tamang
१ मिनेट पढाइ
आकार:
Share:

प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमाबारे संसद्मा दिएको अभिव्यक्तिको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ। सोमबार त्रिचन्द्र क्याम्पसमा तरुण दलले प्रधानमन्त्री शाहको राजीनामाको माग गर्दै उनको पुत्ला दहन गरेको छ।

आइतबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको टिप्पणी गरेका थिए। उक्त अभिव्यक्तिका कारण विद्यार्थी संगठनहरूले विरोध प्रदर्शनका कार्यक्रमहरू सार्वजनिक गरिरहेका छन्।

Rohan Tamang

Rohan Tamang

संवाददाता · NM Khabar

रोहन तामाङ NM खबरका प्रविधि र युवा मामिला संवाददाता हुन्। डिजिटल रूपान्तरण, स्टार्टअप संस्कृति र युवा उद्यमशीलतासम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ। नेपालको प्रविधि क्षेत्रको वृद्धि र अवसरहरूलाई उजागर गर्न उनी प्रतिबद्ध छन्।

सम्बन्धित समाचार