NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भक्तपुरमा ट्याक्टर दुर्घटना: दुई मजदुरको मृत्यु, ९ घाइते

भक्तपुरको चाँगुनारायण नगरपालिका–८ मा मजदुर बोकेको ट्याक्टर ब्रेक फेल भई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भोजपुरका विजय राई र सिन्धुलीका हेमबहादुर नेपाली रहेका छन्। दुर्घटनामा अन्य ९ जना मजदुर घाइते भएका छन्।
Sanjay Karki
Sanjay Karki
4 June 2026, 5:47 am १ मिनेट पढाइ
आकार:
भक्तपुर ट्याक्टर दुर्घटना
Share:

भक्तपुरको चाँगुनारायण नगरपालिका–८ स्थित मञ्जुश्री गुम्बा नजिकै बुधबार साँझ ट्याक्टर दुर्घटना हुँदा दुई मजदुरको मृत्यु भएको छ।

कलमसीस्थित एक होटलमा ढलानको काम सकेर फर्कदै गरेको ट्याक्टर तीव्र ओरालोमा ब्रेक फेल भई सडकमा पल्टिँदा नौ जना घाइते भएका छन्।

दुर्घटनामा भोजपुरका ३२ वर्षीय विजय राई र सिन्धुलीका २६ वर्षीय हेमबहादुर नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले Nmkhabarलाई पुष्टि गरे।

घाइते नौ जनालाई उपचारका लागि भक्तपुरका विभिन्न अस्पतालमा भर्ना गरिएको छ। केहीको अवस्था गम्भीर छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार