मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

भोटेकोशी बाढी: ९ जलविद्युत आयोजनाका ५३७ कर्मचारी सम्पर्कविहीन

भोटेकोशी नदीको बाढीले रसुवा र नुवाकोटमा नौ जलविद्युत आयोजनाका ५३७ कर्मचारी तथा श्रमिक सम्पर्कविहीन भएका छन्। माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङमा अझै ३०० जना श्रमिक फसेको आशंका छ। हालसम्म ८९८ जना सम्पर्कविहीन भएकामा ३६१ जनाको उद्धार गरिएको छ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
Share:
१२४

भोटेकोशी नदीको बाढीले रसुवा र नुवाकोटमा नौ जलविद्युत आयोजनाका ५३७ कर्मचारी तथा श्रमिक सम्पर्कविहीन भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अनुसार ८९८ जना सम्पर्कविहीन भएकामा ३६१ जनाको उद्धार गरिएको छ।

सबैभन्दा बढी प्रभावित दुई सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना हो। यहाँ ५७६ जना सम्पर्कविहीन भएकामा २५४ जनाको उद्धार गरिएको छ। यस आयोजनाको सुरुङमा अझै ३०० जना श्रमिक फसेको आशंका छ। खोजी कार्य जारी छ।

रसुवागढी जलविद्युत आयोजना (१११ मेगावाट) बाट ९३ जना, रसुवा भोटेकोशी जलविद्युत आयोजनाबाट चार जना, लाङ्टाङ खोला जलविद्युत आयोजनाबाट ४२ जना (१८ जनाको उद्धार), चिलिमे हाइड्रोपावरबाट आठ जना, मैलुङ खोला हाइड्रोपावरबाट सात जना, त्रिशूली जलविद्युत आयोजनाबाट एक जना, देवीघाट जलविद्युत आयोजनाबाट एक जना, माथिल्लो त्रिशूली ‘थ्री’ ए जलविद्युत आयोजनाबाट ४२ जना सम्पर्कविहीन भएका छन्।

विज्ञापन

माथिल्लो त्रिशूली ‘थ्री’ बी जलविद्युत आयोजनामा १२२ जना सम्पर्कविहीन भएकामा ९१ जनाको जीवितै उद्धार गरिएको छ। मिडल त्रिशूली गङ्गा जलविद्युत आयोजनाबाट दुई जना सम्पर्कविहीन भएका छन्।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार