मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

भोटेकोसी बाढी: उद्धारमा खटिने कर्मचारीलाई जोखिम भत्ता र १० लाख राहत

भोटेकोसी बाढी उद्धारमा खटिएका कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च दिइने भएको छ। उद्धारका क्रममा घाइते भए निःशुल्क उपचार र मृत्यु भए परिवारलाई १० लाख राहत उपलब्ध हुनेछ। बाढीबाट प्रभावित उद्योग, व्यापार र व्यवसायलाई पुनरुत्थानका लागि राहत र छुट दिइनेछ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
भोटेकोसी बाढी उद्धार
Share:
१३१

भोटेकोसी बाढीपछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीलाई सरकारले जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार, उद्धारमा खटिने कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च दिइनेछ।

उद्धार कार्यका क्रममा घाइते हुने कर्मचारीको निःशुल्क उपचार गरिनेछ। मृत्यु भएमा मृतकका परिवारलाई प्रति मृतक १० लाख रुपैयाँ राहत रकम उपलब्ध गराइनेछ।

विज्ञापन

बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार–व्यवसायलाई तत्काल सञ्चालनमा ल्याउन एकीकृत व्यावसायिक पुनरुत्थान योजनाअन्तर्गत राहत, कर तथा महसुल छुटलगायतका सहुलियत र सुविधा उपलब्ध गराइने निर्णय पनि बैठकले गरेको छ।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार