NM Khabar 12 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

अवैध व्यापारले राजस्वमा ठूलो क्षति: सांसद राणाको निगरानी माग

सांसद विदुषी राणाले अवैध व्यापार र दर्ताविहीन उद्योगमाथि कडा निगरानीको माग गरेकी छन्। उनले स्वच्छ व्यावसायिक वातावरण नभएसम्म उद्योग फस्टाउन नसक्ने बताइन् र अवैध व्यापार नियन्त्रण गर्न संयुक्त अनुगमन संयन्त्र बनाउनुपर्नेमा जोड दिइन्।
Sunita Rai
Sunita Rai
12 May 2026, 11:02 am १ मिनेट पढाइ
आकार:
Share:

अर्थसमिति सदस्य विदुषी राणाले अवैध व्यापार र दर्ताविहीन उद्योगले राज्यको राजस्वमा ठूलो क्षति पुर्‍याएको भन्दै तत्काल निगरानी बढाउन माग गरेकी छन्।

मंगलबारको अर्थ समिति बैठकमा राणाले स्वच्छ व्यावसायिक वातावरण नबनेसम्म उद्योग र उत्पादन क्षेत्र फस्टाउन नसक्ने बताइन्।

राणाले बाहिरबाट हुने तस्करी मात्र नभई स्वदेशभित्रै दर्ताविना सञ्चालित उद्योगहरूले राज्यको राजस्व र श्रमिकको हकहितमा ठूलो क्षति पुर्‍याएको औंल्याइन्। ‘यस्ता अवैध व्यवसायले न राज्यलाई कर तिर्छन्, न त श्रमिकलाई न्यूनतम सुविधा नै दिन्छन्,’ राणाले भनिन्। यसले कानुनी प्रक्रिया पूरा गरेका इमानदार उद्योगी र कर तिर्ने व्यवसायीहरू निरुत्साहित भएको उनले बताइन्।

अवैध व्यापार आर्थिक समस्या मात्र नभई देशको व्यावसायिक संस्कृतिमा फैलिएको गम्भीर विकृति भएको राणाले उल्लेख गरिन्। अनुगमनका क्रममा एउटा सरकारी निकायले अर्कोलाई दोष देखाउने प्रवृत्तिले समस्या बल्झिएको उनको तर्क थियो।

समस्या समाधानका लागि उनले वाणिज्य, अर्थ, गृह, भन्सार र उद्योग मन्त्रालयका साथै सुरक्षा निकायहरूलाई समेत समेटेर एकद्वार प्रणालीमार्फत ‘प्रभावकारी संयुक्त अनुगमन संयन्त्र’ तत्काल बनाउन माग गरिन्।

अवैध व्यापार रोक्न सके मात्रै स्वदेशी उद्योगहरू बाँच्ने, राज्यको राजस्व बढ्ने र अन्ततः देशको अर्थतन्त्र बलियो हुने उनले विश्वास व्यक्त गरिन्।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

Nmkhabar की आर्थिक संवाददाता। शेयर बजार, बैंकिङ र राष्ट्रिय अर्थतन्त्रका विषयमा गहन र तथ्यमा आधारित रिपोर्टिङ गर्छिन्।

सम्बन्धित समाचार