NM Khabar 10 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

पूर्वमन्त्री विक्रम पाण्डेसहित २२ जनाविरुद्ध ठेक्का प्रणाली ह्याक मुद्दा

पूर्वमन्त्री विक्रम पाण्डेसहित २२ जनाविरुद्ध ठेक्का प्रणाली ह्याक गरेको आरोपमा मुद्दा दायर भएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ई-जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएको अभियोगमा नेपाल प्रहरीको सीआईबी अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मुद्दा दायर गरेको हो।
Arjun Basnet
Arjun Basnet
10 May 2026, 6:02 pm १ मिनेट पढाइ
आकार:
ठेक्का प्रणाली ह्याक
Share:

पूर्वमन्त्री विक्रम पाण्डेसहित २२ जनाविरुद्ध ठेक्का प्रणाली ह्याक गरेको आरोपमा मुद्दा दायर भएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ई-जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्का विवरण हेरफेर गरिएको थियो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान पूरा गर्‍यो। त्यसपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले शुक्रबार अभियोगपत्र दायर गरेको हो। यो प्रकरणमा कालिका कन्स्ट्रक्सनका सञ्चालक पाण्डे मुख्य प्रतिवादी बनाइएका छन्।

अभियोगपत्रमा उल्लेख भएअनुसार, आरोपीहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयको सर्भर प्रणालीमा अनधिकृत पहुँच राखेका थिए। उनीहरूले ह्वाट्स एप नम्बर प्रयोग गरेर ठेक्काको विवरण हेरफेर गरे। ठेक्का पार्नेबारे पनि कुराकानी गरेको अनुसन्धानले देखाएको छ।

यस कसुरमा बिटकोइनमा समेत लेनदेन भएको पाइएको अभियोगमा उल्लेख छ।

प्रतिवादी कायम गरिएका अन्य व्यक्तिहरूमा दिवाकर देउजा, भरत धामी, सोली थुक्का निर्माण सेवाका सञ्चालक सञ्जय भट्ट, कटुवा कन्स्ट्रक्सनका सञ्चालक सागर कटुवाल, भाष्करराज अर्याल, गीताञ्जली कन्स्ट्रक्सन दुवही प्रालिका जीवनकुमार दास, शिभांस निर्माण सेवाका सञ्चालक अनिल श्रेष्ठ, भिसान कन्स्ट्रक्सन प्रालिका टंककुमार श्रेष्ठ र चपुर निर्माण सेवाका अमृत बोहरा छन्।

त्यसैगरी, इनकोन प्रालिका सञ्चालक स्वदेश पोखरेल, कल्पवृक्ष बिल्डर्सका प्रकाश ढुंगाना, आशिष निर्माण सेवाका ऋषिकेश गौली, केबिके कन्स्ट्रक्सन प्रालिका सञ्चालक राहुलजङ्ग कार्की, मान कन्स्ट्रक्सनका नारायण प्रसाद खिटिखु, रमिता इन्फ्रास्ट्रक्चर प्रालिका इन्द्रबहादुर बोहरा, एसके कस्स्ट्रक्सनका शान्तकुमार श्रेष्ठ, दक्षिणकाली अल ओभर कन्ट्याक्टका निरन्जन खनाल, नन्दी कन्स्ट्रक्सनका कृष्णबहादुर खत्री, आशिष निर्माण सेवामा कार्यरत ज्योति सुवेदी, चपुर र कल्पवृक्षका सञ्चालक सरोज दाहाल र राइजिङ पिक कन्स्ट्रक्सन प्रालिका सञ्चालक सुजन अधिकारीलाई पनि प्रतिवादी बनाइएको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

Nmkhabar का राजनीतिक अनुसन्धान संवाददाता। भ्रष्टाचार, सम्पत्ति विवरण र शासकीय जवाफदेहिताका विषयमा विशेष दक्षता राख्छन्।

सम्बन्धित समाचार