मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

विराटनगरका ७ आँखा अस्पताल मापदण्डविपरीत सञ्चालन: शिलबन्दी

विराटनगरका सात आँखा अस्पताल र एक प्रयोगशाला मापदण्ड नपुगेको भन्दै कोशी प्रदेश स्वास्थ्य मन्त्रालय र जिल्ला प्रशासन कार्यालय मोरङको संयुक्त टोलीले शिलबन्दी गरेको छ। अस्पतालहरूले उपचार केन्द्रको स्वीकृति लिएर जटिल शल्यक्रिया गरेको भेटिएको छ।
Sarita Pandey
नीति संवाददाता
१ मिनेट पढाइ
आकार:
आँखा अस्पताल सिलबन्दी
Share:
१६४

विराटनगरका सात आँखा अस्पताल र एक प्रयोगशाला मापदण्ड नपुगेको भन्दै कोशी प्रदेश स्वास्थ्य मन्त्रालय र जिल्ला प्रशासन कार्यालय मोरङको संयुक्त टोलीले शिलबन्दी गरेको छ। दुई दिन लगाएर गरिएको अनुगमनमा अस्पतालहरूले तोकिएको मापदण्ड पूरा नगरेको पाइएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाको नेतृत्वमा खटिएको टोलीले अखण्ड ज्योति आँखा अस्पताल, हिमाल आँखा अस्पताल, नेपाल आँखा अस्पताल, सञ्जीवनी आँखा अस्पताल, इफ्रास आँखा अस्पताल र विराट रानी आँखा अस्पतालमा शिलबन्दी गरेको छ। विराट आँखा अस्पतालको प्रयोगशाला (ल्याब) पनि बन्द गरिएको छ।

अस्पताल सञ्चालनका लागि १०० शय्या अनिवार्य

कानुनतः आँखा अस्पताल सञ्चालनका लागि कम्तीमा १०० शय्या हुनुपर्छ। तर, शिलबन्दी गरिएका अस्पतालहरूले आँखा उपचार केन्द्रको स्वीकृति लिएर जटिल शल्यक्रिया गरेको सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए।

सेवा केन्द्रको स्वीकृतिमा जटिल शल्यक्रिया

प्रचलित व्यवस्थाअनुसार २०० शय्यासम्मको अस्पताल सञ्चालन अनुमति प्रदेश स्वास्थ्य मन्त्रालयले दिन्छ। सामान्य उपचार केन्द्रको स्वीकृति स्वास्थ्य निर्देशनालयको कार्यक्षेत्रमा पर्छ। २०० शय्याभन्दा माथिका विशिष्टीकृत अस्पतालको अनुमति सङ्घीय स्वास्थ्य मन्त्रालयबाट लिनुपर्छ।

अस्पताल प्रशासन भने स्वास्थ्य निर्देशनालयबाट स्वीकृत लिएर सेवा दिएको दाबी गर्छन्।

Sarita Pandey

Sarita Pandey

नीति संवाददाता

सरिता पाण्डे NM खबरकी नीति र शासन संवाददाता हुन्। कानून, संवैधानिक सुधार र सार्वजनिक नीतिका जटिल विषयहरूलाई सरल भाषामा पाठकसमक्ष पुर्‍याउने उनको क्षमता विशेष छ। काठमाडौं स्कूल अफ लबाट कानून पढेकी उनी नियामक मामिला र न्यायपालिकासम्बन्धी रिपोर्टिङमा दक्ष छिन्।

सम्बन्धित समाचार