विकल्प नदिई उठिबास नलगाउन माग गर्दै मोरङका भूमिहीन सुकुमबासीले विराटनगरमा प्रदर्शन गरेका छन्। संसारी माइस्थानबाट सुरु भएको र्याली जिल्ला प्रशासन कार्यालय मोरङमा धर्नामा परिणत भयो।
भूमिहीन सुकुमबासी संयुक्त संघर्ष समिति मोरङको आह्वानमा विभिन्न पालिकाबाट आएका सुकुमबासीले ‘डोजर आतंक बन्द गर, विकल्पविना उठिबास लगाउन पाइँदैन’ नारा लगाए।
सहभागीले सुकुमबासीको बसोबास व्यवस्था सरकारको जिम्मेवारी भएको बताए। उनीहरूले डोजर आतंक रोकी अव्यवस्थित बासिन्दालाई पनि उचित बसोबासको माग गरे।
