NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

वीरगन्ज नाकाबाट खाद्यान्न आयात १५% घट्यो, १० महिनामा २० अर्ब ७९ करोडको आयात

वीरगन्ज नाकाबाट चालु आर्थिक वर्षको १० महिनामा २० अर्ब ७९ करोड रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशतले कमी हो। सबैभन्दा बढी १० अर्ब ९४ करोडको धान, ५ अर्ब ३१ करोडको मकै र २ अर्ब ८५ करोडको चामल आयात भएको छ।
Sunita Rai
Sunita Rai
3 June 2026, 2:18 pm १ मिनेट पढाइ
आकार:
वीरगन्ज खाद्यान्न आयात
Share:

वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रु २० अर्ब ७९ करोड मूल्यको खाद्यान्न आयात भएको छ। यो गत आवको सोही अवधिको तुलनामा रु तीन अर्ब ८७ करोड अर्थात् १५ प्रतिशतले गिरावट हो।

गत आवको १० महिनामा यस नाकाबाट रु २४ अर्ब ६६ करोड मूल्यका १६ थरिका खाद्यान्न आयात भएको थियो। वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले यो तथ्यांक पुष्टि गरेका छन्।

चालु आवमा रु १० अर्ब ९४ करोड मूल्यको धान आयात भएको छ। त्यसैगरी, रु पाँच अर्ब ३१ करोड मूल्यको मकै र रु दुई अर्ब ८५ करोड मूल्यको चामल आयात भएको छ।

अन्य खाद्यान्नतर्फ रु ५९ करोड मूल्यको माल्ट र रु ३३ करोड मूल्य बराबरको फापर, कोदो लगायतका वस्तु आयात भएको सूचना अधिकारी विष्टले जानकारी दिए।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार