मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

वीरगञ्ज मेयर राजेशमान सिंहसहित चार जनाविरुद्ध लिखत कीर्ते मुद्दा

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहसहित चार जनाविरुद्ध नागरिकता र राहदानी कीर्तेको आरोपमा पर्सा जिल्ला अदालतमा लिखत कसुर मुद्दा दर्ता भएको छ। सरकारी वकिलको कार्यालयले शुक्रबार मुद्दा दर्ता गरेको हो। यसमा मेयर सिंहसहित चार जनालाई दोषी ठहर गर्दै सजाय माग गरिएको छ।
Arjun Basnet
खोजमूलक पत्रकार
१ मिनेट पढाइ
आकार:
Share:
२०८

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहसहित चार जनाविरुद्ध नागरिकता र राहदानी कीर्तेको आरोपमा पर्सा जिल्ला अदालतमा लिखत कसुर मुद्दा दर्ता भएको छ। झुटा प्रमाण पेस गरी नागरिकता र राहदानी बनाएको उजुरीका आधारमा जिल्ला महान्यायाधिवक्ता कार्यालयले शुक्रबार मुद्दा दर्ता गरेको हो।

पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर कुमार मलिकका अनुसार, वीरगञ्ज महानगरपालिका वडा नं. ३ मा अर्काकी छोरीलाई झुटा विवरण पेस गरी नागरिकता र राहदानी बनाइएको थियो। सरकारी वकिलको कार्यालयले नगर प्रमुख सिंह, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१० निवासी रिता भट्टराई, रुविना श्रेष्ठ र तत्कालीन पञ्जीकरण अधिकारी भिखारी रायविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ अनुसार सजाय माग गरेको छ।

सरकारी वकिलको कार्यालयले सोही उजुरीका आधारमा थप तीन मुद्दा दर्ता गरेको छ। पर्सा जिल्ला अदालतमा मुद्दा नं. ८२–सी–१–१०८४, ८२–सी–१–१०८५ र ८२–सी–१–१०८६ दर्ता भएका छन्।

मुद्दा नं. १०८४ मा रुविना श्रेष्ठविरुद्ध अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार ६ महिना कैद वा एक वर्ष बाल सुधार गृह सजायको माग गरिएको छ।

मुद्दा नं. १०८५ मा झुटा विवरण पेस गरी नागरिकता लिएको कसुरमा नागरिकता ऐन, २०६३ को दफा १२ र २१ को उपदफा ५ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ बमोजिम १५ हजार रुपैयाँ जरिवाना माग गरिएको छ।

मुद्दा नं. १०८६ मा नागरिकता र राहदानीका लागि झुटा विवरण पेस गरेको कसुरमा २ लाखदेखि ५ लाख रुपैयाँ जरिवाना माग गरिएको छ। साथै, १ वर्षदेखि ३ वर्षसम्म कैद सजायको पनि माग गरिएको छ।

अभियोगपत्रमा उल्लेख भएअनुसार, नगर प्रमुख सिंहले २०७१ माघ २० गते रिता भट्टराईलाई श्रीमती भनी झुटा विवरण पेस गरे। सोही विवरणका आधारमा रुविनाको जन्म दर्ता गराइएको थियो।

सोही जन्म दर्ताका आधारमा २०७५ साउन १० गते रुविनाको नागरिकता बन्यो। त्यसको १२ दिनपछि राहदानी पनि बनाइएको अभियोग छ।

Arjun Basnet

Arjun Basnet

खोजमूलक पत्रकार

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार