मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

वीरगञ्जका मेयर सिंह ४ लाख १५ हजार धरौटीमा रिहा

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह लिखत कीर्ते र झुट्टा विवरण पेश गरेको कसुरमा ४ लाख १५ हजार धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत पर्साले धरौटी माग गर्ने आदेश दिएको हो।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
मेयर राजेशमान सिंह धरौटी
Share:
२०२

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह लिखत कीर्तेसम्बन्धी कसुरमा ४ लाख र झुट्टा विवरण पेश गरी नागरिकता लिएको कसुरमा १५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत पर्साले कुल ४ लाख १५ हजार धरौटी माग गर्ने आदेश दिएको हो।

जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले थुनछेक बहसपछि सिंहलाई धरौटीमा छाड्न आदेश दिएको हो। पर्सा प्रहरीले मेयर सिंहलाई ठोरी क्षेत्रबाट पक्राउ गरी अदालतमा पेश गरेको थियो।

गत जेठ १२ गते जिल्ला अदालत पर्साले लिखत कीर्तेसम्बन्धी कसुरमा अनुसन्धानका लागि सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। स्थानीय लियाकत अलीको जाहेरीका आधारमा प्रहरीले मेयर सिंहसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी लिएको थियो।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार