मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी

लिखत सम्बन्धी कसुरमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेको छ। मेयर सिंहले नक्कली कागजात प्रयोग गरी नागरिकता जारी गराएको आरोप छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Arjun Basnet
खोजमूलक पत्रकार
१ मिनेट पढाइ
आकार:
Share:
१८४

लिखत सम्बन्धी कसुरमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेको छ। जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकले मेयर सिंहविरुद्ध लिखत सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको पुष्टि गरेका छन्।

मेयर सिंहविरुद्ध चार वटा मुद्दा परेकोमा लिखत सम्बन्धी कसुरमा मात्र पक्राउ पुर्जी जारी भएको हो। वीरगञ्जका स्थानीय लियाकत अलीको जाहेरीका आधारमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो।

जाहेरी अनुसार, मेयर सिंहले नक्कली कागजातको आधारमा अरूको छोरीलाई आफ्नो छोरी बनाई नागरिकता जारी गराएको आरोप छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

गत जेठ १ गते सरकारी वकिल कार्यालयले मेयर सिंहसहित चार जनामाथि मुद्दा दायर गरेको थियो। लिखत सम्बन्धी कसुरमा मुलुकी अपराध संहिता, २०७४ अनुसार किर्ते कागजसम्बन्धी दफा २७६ को उपदफा (१), (२) र (३) (ग) बमोजिम सरकारी वा सार्वजनिक लिखतसम्बन्धी कसुर गर्नेलाई सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने मागदाबी गरिएको छ।

पक्राउ पुर्जी जारी हुने अन्य तीन जनामा पञ्जीकरण अधिकारी भिखारी रायसहित अन्य दुई जना रहेको पर्साका प्रहरी प्रवक्ता डीएसपी हरि बहादुर बस्नेतले जानकारी दिएका छन्।

Arjun Basnet

Arjun Basnet

खोजमूलक पत्रकार

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार