मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

चन्द्रागिरीका १७ स्थानमा ३ दिन दैनिक साढे ३ घण्टा विद्युत अवरुद्ध

चन्द्रागिरी नगरपालिकाका १७ स्थानमा जेठ २९, ३० र ३१ गते विद्युत आपूर्ति बन्द हुनेछ। दैनिक साढे ३ घण्टा (बिहान ९:३० देखि दिउँसो १:०० बजेसम्म) विद्युत अवरुद्ध हुनेछ। स्यूचाटार-मातातीर्थ १३२ केभी लाइनको पुरानो तार बदली गर्न यो कार्य गर्न लागिएको हो।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
चन्द्रागिरी विद्युत अवरुद्ध
Share:
१९३

चन्द्रागिरी नगरपालिकाका १७ स्थानमा तीन दिन दैनिक साढे तीन घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै यसको जानकारी दिएको हो।

कुलेश्वर वितरण केन्द्र अन्तर्गतका थानकोट र सतुंगल फिडरमा यो अवरोध हुनेछ। स्यूचाटार सवस्टेशनदेखि मातातीर्थ सवस्टेशनसम्मको १३२ के.भी. लाइनमा रहेको पुरानो तार बदली गर्नका लागि विद्युत आपूर्ति बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ।

जेठ २९, ३० र ३१ गते बिहान साढे ९ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत आपूर्ति बन्द रहनेछ।

थानकोट फिडरअन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नम्बर १४ को कार्यालय आसपास, बालकुमारी मन्दिर, सशस्त्र प्रहरी बल कार्यालय, सिजी, पुरानो नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोक, ढुङ्गेधारा, ब्राईट फ्युचर, बाईछाप, यातायात, दाउरा डिपो, हाईभिजन कोलोनी, पशुविकास, श्रृजना चोक क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेछ।

सतुंगल फिडरअन्तर्गत धौलागिरी गेट आसपास, सिंचाफाँट, शिबमन्दिर आसपासका क्षेत्रमा पनि विद्युत आपूर्ति बन्द हुनेछ।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार