NM Khabar 13 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सेफ सन्तोष साह बैंकिङ कसुरमा पक्राउ

चर्चित सेफ सन्तोष साहलाई प्रहरीले बैंकिङ कसुरमा पक्राउ गरेको छ। उनलाई धनुषाबाट पक्राउ गरिएको हो।
Sanjay Karki
Sanjay Karki
13 June 2026, 9:17 am १ मिनेट पढाइ
आकार:
सेफ सन्तोष साह पक्राउ
Share:

सेफ सन्तोष साहलाई प्रहरीले बैंकिङ कसुरमा पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गएराति धनुषाको रामानन्द चोकबाट पक्राउ गरेको हो।

साहमाथि गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद गर्दा चेक अनादर ठगी कसुरमा उजुरी परेको थियो। जिल्ला अदालत काठमाडौंले अनुमति दिएपछि उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिए।

उनीसँगै सोही कसुरमा नारायण साहलाई पनि पक्राउ गरिएको छ। दुवैलाई काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार