मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

किसानलाई रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गरिने: कृषिमन्त्री

• आगामी सिजनमा किसानलाई रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न सरकारले तयारी थालेको छ। • अर्थ मन्त्रालयबाट १० अर्ब रुपैयाँको स्रोत सहमति प्राप्त भएको छ। • कृषिमन्त्री गीता चौधरीले मल खरिद प्रक्रिया र आपूर्ति व्यवस्थापनलाई प्राथमिकता दिन निर्देशन दिएकी छन्।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
रासायनिक मल आपूर्ति
Share:
१०५

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी सिजनका लागि किसानलाई आवश्यक रासायनिक मलको आपूर्ति सुनिश्चित गर्ने तयारी अघि बढाएकी छन्।

अर्थ मन्त्रालयबाट १० अर्ब रुपैयाँको स्रोत सहमति प्राप्त भएको छ। यो रकमबाट आवश्यक मल खरिदका लागि टेन्डर आह्वान गर्ने प्रक्रिया अघि बढाइनेछ।

मन्त्री चौधरीले समयमै मल व्यवस्थापन गरी खेतीको मुख्य सिजनमा किसानले अभाव व्यहोर्न नपरोस् भन्ने उद्देश्यले खरिद प्रक्रिया र आपूर्ति व्यवस्थापनलाई प्राथमिकता दिन निर्देशन दिएकी छन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार