NM Khabar 28 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सुनसरी घटनामा संयम आग्रह: मुख्यमन्त्री कार्कीको नागरिकलाई अपिल

• सुनसरीको देवानगञ्जमा भएको घटनापछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नागरिकलाई संयमित रहन आग्रह गरेका छन्। • उनले अपुष्ट सूचना र अफवाहको पछि नलागी सामाजिक सद्भाव कायम राख्न आह्वान गरेका छन्। • प्रदेश सरकार पीडित परिवारको साथमा रहेको र नेपाल सरकारलाई सुरक्षा व्यवस्था मिलाउन अनुरोध गरिएको छ।
Kamala Devi
Kamala Devi
28 July 2026, 6:32 am १ मिनेट पढाइ
आकार:
मुख्यमन्त्री कार्की सुनसरी
Share:

सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको घटनाप्रति कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दुःख व्यक्त गरेका छन्। उनले सोमबार अपराह्न जारी विज्ञप्तिमा नागरिकलाई संयमित रहन आग्रह गरेका हुन्। घटनामा ज्यान गुमाउनेहरूप्रति कार्कीले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

संवेदनशील समयमा अपुष्ट सूचना वा अफवाहको पछि नलाग्न कार्कीले आह्वान गरेका छन्। उनले सामाजिक सद्भाव, आपसी विश्वास र भाइचारालाई सुदृढ बनाउन आग्रह गरेका हुन्।

“सदियौँदेखि हामी नेपाली जाति, भाषा, धर्म र संस्कृतिलाई सम्मान गर्दै एकताबद्ध हुँदै आएका छौँ। यस परिवेशमा घटनालाई उत्तेजित नबनाई संयमतापूर्वक सामाजिक तथा सम्प्रदायिक सद्भाव कायम राख्न सबै सरोकारवाला, नागरिक समाज, राजनीति दल, जनप्रतिनिधि र सञ्चारकर्मीमा हार्दिक अनुरोध गर्दछु,” मुख्यमन्त्री कार्कीले विज्ञप्तिमा भनेका छन्।

कोशी प्रदेश सरकार पीडित परिवार र घाइतेको साथमा रहेको कार्कीले विश्वास दिलाए। सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहयोगका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताए। नेपाल सरकारलाई अविलम्ब सुरक्षा व्यवस्था मिलाई जनताको जीउधनको रक्षा गर्न उनले अनुरोध गरेका छन्। शोकसन्तप्त परिवारजनमा कार्कीले गहिरो दुःख एवं हार्दिक समवेदना व्यक्त गरेका छन्।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार