NM Khabar 4 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

चितवनमा १२ करोडभन्दा बढीको अनलाइन ठगी: ५२१ निवेदन दर्ता

चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन्। यसबाट १२ करोड २२ लाख ८४ हजार ३३८ रुपैयाँ ठगिएको छ। ठगिएको रकममध्ये २ करोड २९ लाख ९८ हजार ६४३ रुपैयाँ फिर्ता गरिएको छ।
Rohan Tamang
Rohan Tamang
4 August 2026, 7:32 am १ मिनेट पढाइ
आकार:
अनलाइन ठगी चितवन
Share:

चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन्। यसबाट १२ करोड २२ लाख ८४ हजार ३३८ रुपैयाँ ठगिएको छ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार ठगिएको रकममध्ये २ करोड २९ लाख ९८ हजार ६४३ रुपैयाँ पीडितलाई फिर्ता गरिएको छ। पछिल्लो समय अनलाइन मार्केटिङ, सामाजिक सञ्जालमार्फत लिङ्क पठाएर र उपहारको प्रलोभन देखाएर ठगी बढेको पौडेलले बताए।

उनका अनुसार दैनिकजसो ठगीका निवेदन प्रहरी कार्यालयमा आउने गरेका छन्। ठगीको रकम २०० रुपैयाँदेखि लाखौं रुपैयाँसम्मको छ। प्रहरीले सर्वसाधारणलाई सजग रहन आग्रह गरेको छ। अपरिचित व्यक्तिले पठाएका रिक्वयस्ट स्वीकार नगर्न र अनावश्यक लिङ्कमा क्लिक नगर्न पौडेलले सुझाव दिए।

गत आवमा साइबर क्राइमसम्बन्धी ३९० निवेदन दर्ता भएका थिए। यसमध्ये ३७५ निवेदनको फछ्र्योट भइसकेको छ। १५ निवेदन अझै बाँकी छन्। अघिल्लो आर्थिक वर्ष २०८१-०८२ मा यस्ता ४११ निवेदन दर्ता भएका थिए। तीमध्ये ३९८ फछ्र्योट भएका र १३ बाँकी थिए।

Rohan Tamang

Rohan Tamang

संवाददाता · NM Khabar

रोहन तामाङ NM खबरका प्रविधि र युवा मामिला संवाददाता हुन्। डिजिटल रूपान्तरण, स्टार्टअप संस्कृति र युवा उद्यमशीलतासम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ। नेपालको प्रविधि क्षेत्रको वृद्धि र अवसरहरूलाई उजागर गर्न उनी प्रतिबद्ध छन्।

सम्बन्धित समाचार