मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सहकारी ठगी: दोषीलाई कारबाही सिफारिस, नियामकलाई पनि जिम्मेवार बनाइयो

सहकारी क्षेत्रमा मौलाएको बेथितिका लागि संचालक समिति र नियामक निकायका कर्मचारी दोषी ठहरिएका छन्। उच्च अदालतका पूर्वमुख्य न्यायाधीश विनोदप्रसाद शर्माको अध्यक्षतामा गठित आयोगले सहकारी दर्ता, कार्यक्षेत्र विस्तारमा हचुवा निर्णय गर्ने कर्मचारीलाई जिम्मेवार बनाउन सिफारिस गरेको छ।
Arjun Basnet
खोजमूलक पत्रकार
१ मिनेट पढाइ
आकार:
Share:
२०८

सहकारी क्षेत्रमा मौलाएको बेथितिका लागि संचालक समिति र नियामक निकायका कर्मचारी दोषी रहेको भन्दै छानबिन आयोगले कारबाहीको सिफारिस गरेको छ। उच्च अदालतका पूर्वमुख्य न्यायाधीश विनोदप्रसाद शर्माको अध्यक्षतामा गठित आयोगले सहकारी दर्ता, कार्यक्षेत्र विस्तार, सेवा केन्द्र र शाखा कार्यालय विस्तारमा हचुवाका भरमा अनुमति दिने नियामक निकायका कर्मचारीलाई जिम्मेवार बनाउन सिफारिस गरेको हो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनले सहकारी दर्ता प्रक्रियामा समेत गम्भीर त्रुटि औंल्याएको छ। प्रतिवेदनले सहकारीको दर्ता, नवीकरण, अनुगमन र नियमनमा संलग्न कर्मचारीको गैरजिम्मेवारीपनले समस्या बढाएको निष्कर्ष निकालेको छ।

आयोगले दोषी देखिएका संचालक र कर्मचारीमाथि प्रचलित कानुनबमोजिम कारबाही गर्नुपर्ने सुझाव दिएको छ। यस्तै, भविष्यमा यस्ता समस्या दोहोरिन नदिनका लागि सहकारी ऐन तथा नियमावलीमा आवश्यक सुधार गर्नुपर्नेमा पनि जोड दिएको छ।

Arjun Basnet

Arjun Basnet

खोजमूलक पत्रकार

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार