इन्जिनियर दीपककुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी गरिएको छ । प्रधानमन्त्री बालेन शाहको सचिवालयले सुनसरी ४ बाट निर्वाचित साहलाई उद्योगमन्त्री बनाउने तयारी गरेको हो ।
यसअघि उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएसँगै उक्त मन्त्रालय खाली थियो । मन्त्री बन्ने भएपछि निर्वाचन क्षेत्रमा रहेका साह काठमाडौँ फर्किसकेको बताइएको छ ।
