धादिङको गजुरी गाउँपालिका-२ चालिसेमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग दुईतर्फी अवरुद्ध भएको छ।
सोमबार बिहान करिब ५:४५ बजे सडक माथिबाट सुख्खा पहिरो खसेको हो। पहिरोले राजमार्गमा सवारी आवागमन ठप्प पारेको छ।
इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी सहायक निरीक्षक रामशरण बस्नेतको कमान्डमा ६ जनाको टोली पहिरो हटाउन खटिएको छ। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
सडक अवरुद्ध हुँदा पृथ्वीराजमार्ग प्रयोग गर्ने सवारीसाधन र यात्रु प्रभावित भएका छन्। प्रहरीले सडक खुलाउने कार्य जारी राखेको छ।
