धुलिखेल अस्पतालमा एक कर्मचारीमाथि निर्घात कुटपिट भएको छ। आईसीयूमा उपचाररत सुत्केरी महिला र शिशुको मृत्यु भएपछि बिरामीका आफन्तले कर्मचारी सूर्य प्रकाश श्रेष्ठमाथि आक्रमण गरेका हुन्।
चिकित्सकको लापरवाहीले बेथानचोक गाउँपालिका–१ की सुत्केरी महिला र शिशुको ज्यान गएको पीडित पक्षको आरोप छ। घाइते श्रेष्ठको अस्पतालमै उपचार भइरहेको छ। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
घटनापछि अस्पताल परिसर तनावग्रस्त छ। थप विवरण आउन बाँकी छ।
