NM Khabar 7 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

इसेवा लगायतका वालेटमा राष्ट्र बैंकको छापा: आन्तरिक सुशासनमा गम्भीर त्रुटी फेला

नेपाल राष्ट्र बैंकले इसेवा, खल्ती लगायतका ११ डिजिटल वालेटको निरीक्षण गर्दा आन्तरिक सुशासन कमजोर रहेको फेला पारेको छ। निरीक्षणमा जोखिम व्यवस्थापन, साइबर सुरक्षा, र नियमनकारी निकायको पालनामा गम्भीर त्रुटी पाइएको छ। प्रयोगकर्ताको विवरणको गोपनीयता र सूचना सुरक्षामा समेत जोखिम औँल्याइएको छ।
Rohan Tamang
Rohan Tamang
7 August 2026, 9:32 am १ मिनेट पढाइ
आकार:
डिजिटल वालेट सुरक्षा
Share:

काठमाडौँ । नेपाल राष्ट्र बैंकले इसेवा, स्मार्ट कार्ड, खल्ती लगायतका ११ वटा डिजिटल वालेटको स्थलगत निरीक्षण गर्दा गम्भीर त्रुटी फेला पारेको छ। यी संस्थाहरुको आन्तरिक सुशासन अत्यन्त कमजोर रहेको पाइएको छ।

राष्ट्र बैंकको निरीक्षणले वालेट सञ्चालकहरुले जोखिम व्यवस्थापन ढाँचा, सञ्चालन प्रक्रिया र नियमहरुको पालना नगरेको औँल्याएको छ। तोकिएको समयभित्र प्रणाली सञ्चालन गर्न असफल हुनुका साथै सञ्चालक समितिबाट आन्तरिक नियन्त्रण नीति र जोखिम व्यवस्थापन नीति समीक्षा नभएको समेत पाइएको छ।

निरीक्षणमा वालेटको सक्रिय वा निष्क्रिय अवस्था हेर्न मिल्ने प्रणाली नहुनु र एन्टिभाइरस सफ्टवेयर नवीकरण नगरिएको कारण साइबर सुरक्षा उच्च जोखिममा रहेको उल्लेख छ। भुक्तानी सेवा प्रदायक संस्थाहरुसँग व्यावसायिक सञ्चालनका लागि पर्याप्त भौतिक पूर्वाधारको अभाव रहेको र सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी कार्यक्रमहरु वार्षिक बजेटमा समावेश नभएको पनि राष्ट्र बैंकले जनाएको छ।

यसबाहेक, तोकिएको समय अवधिभित्र सिइओ नियुक्ति नगरेको, लेखापरीक्षण नगराएको, जोखिम मूल्याङ्कन र पेनेट्रेशन टेस्टिङ नगरेको, डिजास्टर रिकभरी ड्रिल वा अभ्यास नभएको जस्ता गम्भीर कैफियतहरु पनि फेला परेका छन्। साथै, ‘निश्चित समयपछि वालेटको ‘सेसन’ स्वतः समाप्त हुने व्यवस्था नहुनु र फर्स्यौट खातालाई फर्स्यौट र वालेट कारोबार बाहेक अन्य प्रयोजनका लागि प्रयोग गरिएका जस्ता त्रुटीहरु पनि औँल्याइएको छ।

राष्ट्र बैंकको निरीक्षणले भुक्तानी सेवा प्रदायक संस्थाहरुमा प्रयोगकर्ताको विवरणको गोपनीयता र सूचना सुरक्षामा समेत जोखिम रहेको देखाएको छ।

Rohan Tamang

Rohan Tamang

संवाददाता · NM Khabar

रोहन तामाङ NM खबरका प्रविधि र युवा मामिला संवाददाता हुन्। डिजिटल रूपान्तरण, स्टार्टअप संस्कृति र युवा उद्यमशीलतासम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ। नेपालको प्रविधि क्षेत्रको वृद्धि र अवसरहरूलाई उजागर गर्न उनी प्रतिबद्ध छन्।

सम्बन्धित समाचार