मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

लागुऔषधका प्रतिवादीलाई धरौटीमा छुटाइदिने भन्दै ४ लाख ७९ हजार ठगी गर्ने दुई पक्राउ

लागुऔषध मुद्दाका प्रतिवादीलाई धरौटीमा छुटाइदिने प्रलोभन देखाएर पीडितका आफन्तबाट ४ लाख ७९ हजार रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त सिंहदरबारको टोलीले काठमाडौं जिल्ला अदालत परिसरबाट उनीहरुलाई पक्राउ गरेको हो।
Arjun Basnet
खोजमूलक पत्रकार
१ मिनेट पढाइ
आकार:
लागुऔषध ठगी पक्राउ
Share:
१०२

लागुऔषध मुद्दाका प्रतिवादीलाई धरौटीमा छुटाइदिने प्रलोभन देखाएर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँको तारकेश्वर नगरपालिका–८ का ४२ वर्षीय हरिराम गिरी र नुवाकोटको सूर्यगढी गाउँपालिका–६ का ३१ वर्षीय अजय थापा छन्।

उनीहरुले लागूऔषध मुद्दामा थुनामा रहेका एक प्रतिवादीलाई धरौटीमा छुटाउन सहयोग गर्ने भन्दै पीडितका आफन्तबाट ४ लाख ७९ हजार रुपैयाँ नगद र ७ थान खाली चेक असुलेको प्रहरीले जनाएको छ।

प्रहरी वृत्त सिंहदरबारको टोलीले काठमाडौं जिल्ला अदालत परिसरबाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका दुवैविरुद्ध ठगी कसुरमा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको छ। उनीहरुको साथबाट ४ लाख ७९ हजार रुपैयाँ नगद, तीन थान मोबाइल र पीडितकी श्रीमतीको नाममा रहेको माछापुच्छ्रे बैंकका ७ थान खाली चेक बरामद गरिएको छ।

Arjun Basnet

Arjun Basnet

खोजमूलक पत्रकार

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार