मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

लागुऔषधसहित ३२ पक्राउ: चितवनबाट नौ जना नियन्त्रणमा

देशभर प्रहरीको सक्रियतामा लागुऔषधसहित ३२ जना पक्राउ परेका छन्। चितवनबाट नौ जना, झापा र मोरङबाट चार/चार जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरूको साथबाट खैरो हेरोइन बरामद भएको छ।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
लागुऔषध पक्राउ
Share:
२१९

देशभरका विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित ३२ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार नियमित गस्ती र कारबाहीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेकामध्ये चितवनबाट नौ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। झापा र मोरङबाट चार/चार जना, भक्तपुर र नवलपरासीबाट तीन/तीन जना पक्राउ परेका छन्।

काठमाडौँ र रुपन्देहीबाट दुई/दुई जना तथा तनहुँ, रसुवा, दाङ, सिन्धुली र सिरहाबाट एक/एक जनालाई लागुऔषधसहित पक्राउ गरिएको छ। उनीहरूको साथबाट अवैध लागुऔषध खैरो हेरोइन बरामद भएको Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार