मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

लागूऔषध सहित १३ जना पक्राउ, विभिन्न स्थानबाट लागूऔषध बरामद

प्रहरीले देशभरका विभिन्न स्थानबाट लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट हेरोइन, ब्राउनसुगर, गाँजा र विभिन्न एम्पुल बरामद गरिएको छ। सिन्धुली, रौतहट, सिराहा, कैलाली, बाँके, मोरङ, सुनसरी र नवलपरासी पूर्वमा लागूऔषध बरामद तथा कारोबारी पक्राउ परेका छन्।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
लागूऔषध कारोबारी पक्राउ
Share:
१९१

सिन्धुलीको भिमानमा ६ ग्राम ५६० मिलिग्राम खैरो हेरोइनसहित रवि यादव पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो बर्दीबासबाट खटिएको प्रहरीले जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको मोटरसाइकलमा उनलाई फेला पारेको हो। सोही स्थानमा १ सय ५० मिलिग्राम हेरोइनसहित उदयपुरका मोहन बुढाथोकी पनि पक्राउ परेका छन्।

बाँकेको कैरातीपुरमा १ सय ५० मिलिग्राम ब्राउनसुगरसहित सुवास कुमार गडरिया पक्राउ परेका छन्। प्रहरी चौकी गनापुरले उनलाई नियन्त्रणमा लिएको हो। मोरङको टंकी चोकबाट २ ग्राम २ मिलिग्राम खैरो हेरोइनसहित सुनसरीका इक्रामुल जट पक्राउ परेका छन्।

नवलपरासी पूर्वको कावासोतीमा ३१ डाइजेपाम, १६ फेनारगन र ४० बुप्रेनोर्फिन एम्पुलसहित चितवनका विवेक थापा पक्राउ परेका छन्। अस्थायी प्रहरी पोष्ट दलदलेले स्कुटरमा सवार थापालाई नियन्त्रणमा लिएको हो।

विज्ञापन

रौतहटको गौरमा करिब ५ किलो ५५ ग्राम गाँजासहित राकेश कुश्वाहा र सुनिल कुमार बैठा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटले मोटरसाइकलमा सवार उनीहरूलाई नियन्त्रणमा लिएको हो।

कैलालीको त्रिनगर ब्यारेलबाट ४ ग्राम ४६० मिलिग्राम ब्राउनसुगरसहित बाजुराका नरेन्द्र बहादुर शाह पक्राउ परेका छन्। सिराहाको सुखीपुर बजारबाट २० किलो ८९० ग्राम गाँजासहित धनगढीमाइका उमेश कुमार आले मगर पक्राउ परेका छन्।

सुनसरीको इनरूवा बसचोकबाट ५ ग्राम ७७० मिलिग्राम ब्राउनसुगरसहित नितेश चौधरी, अर्पन राई र मिलन कुमार चौधरी पक्राउ परेका छन्।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार