मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले साइबर अपराधसम्बन्धी अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। प्रहरीले उनलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो।
प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार, अदालतबाट प्राप्त अनुमतिपछि प्रसाईंमाथि थप अनुसन्धान अघि बढाइएको छ।
प्रसाईंमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा कारबाही अघि बढेको हो। सांसद खतिवडा ‘जेनजी शहीद’ रसिक खतिवडाकी आमा हुन्।
प्रसाईंले सामाजिक सञ्जालमार्फत शहीद रसिक खतिवडाबारे अपमानजनक टिप्पणी गरेको आरोप छ। सोही उजुरीका आधारमा साइबर अपराध कसुरमा उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
