NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

आर्थिक विधेयकबाट १६ पाना हटाएको भन्दै प्रमुख प्रतिपक्षको अर्थमन्त्रीमाथि गम्भीर आरोप

प्रमुख प्रतिपक्ष नेकपाले संसदमा दर्ता भइसकेको आर्थिक विधेयकका १६ पाना अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हटाएको भन्दै गम्भीर भूल गरेको आरोप लगाएको छ। नेकपा सांसद रमेशकुमार मल्लले अर्थमन्त्रीको यो कदमलाई संसदको क्षेत्राधिकार मिच्ने प्रयास भनेका छन्। विधेयक फिर्ता लिने वा नलिने निर्णय संसदले मात्र गर्न सक्ने सांसद मल्लको भनाइ छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
3 June 2026, 4:48 pm १ मिनेट पढाइ
आकार:
आर्थिक विधेयक अर्थमन्त्री
Share:

संसदमा दर्ता भइसकेको आर्थिक विधेयकका १६ पाना अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हटाएर गम्भीर भूल गरेको प्रमुख प्रतिपक्ष नेकपाले आरोप लगाएको छ।

बुधवार संघीय संसद सचिवालय परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपाका सांसद रमेशकुमार मल्लले संसदको सम्पत्ति मानिने आर्थिक विधेयकमा अर्थमन्त्रीले आफूखुशी गरेको भन्दै आपत्ति जनाए।

सांसद मल्लले वर्तमान सरकारले कानुनी प्रक्रिया मिच्दै गएको आरोप लगाए। संसदमा पेश भइसकेको विधेयक फिर्ता लिने वा नलिने निर्णय संसदले मात्र गर्न सक्ने उनको भनाइ थियो।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार