NM Khabar 22 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

एमाले अध्यक्ष ओलीद्वारा जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला उद्घाटन

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश कमजोर हुने बताएका छन्। उनले पार्टीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए। कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री र नव नियुक्त मन्त्रीहरूलाई सम्मान गरियो।
Laxmi Bhattarai
Laxmi Bhattarai
22 August 2026, 6:03 pm १ मिनेट पढाइ
आकार:
एमाले जनसङ्गठन समन्वय संयन्त्र
Share:

एमाले अध्यक्ष ओलीद्वारा जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला उद्घाटन

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश पनि कमजोर हुने बताएका छन्।

भक्तपुरको नगरकोटस्थित चाँगुनारायण नगरपालिका–८, चरेलीमा शनिबार आयोजित एमाले जनसङ्गठन समन्वय संयन्त्रको दुईदिने कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष ओलीले देश सङ्कटपूर्ण अवस्थामा रहेकाले पार्टीलाई थप सुदृढ बनाएर अघि बढाउनुपर्नेमा जोड दिए।

उनले व्यक्तिगत स्वार्थ र दोषारोपणभन्दा माथि उठेर पार्टी र देशको हितमा केन्द्रित हुनुपर्ने समय आएको बताए। जनसङ्गठनहरू एकताबद्ध भएर पार्टीलाई बलियो बनाउन लाग्नुपर्ने उनको भनाइ थियो।

उनले देश र जनताको हितमा सरकारले काम गर्नुपर्ने उल्लेख गरे। प्रतिपक्षको भूमिकामा रहेर सरकारलाई निरन्तर खबरदारी गरिरहने बताए। दुईदिने कार्यशालाले पार्टी र देशलाई बलियो बनाउने स्पष्ट सन्देश दिनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा अध्यक्ष ओलीले बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगर तथा एमालेबाट मन्त्री पदमा शपथ लिएका दुई मन्त्रीलाई सम्मान गरे।

कार्यक्रममा एमाले महासचिव शङ्कर पोखरेलले पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन सबै नेता–कार्यकर्ता सक्रिय हुनुपर्ने बताए।

जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, एमाले सचिव महेश बस्नेतलगायत करिब १५० जना नेता तथा प्रतिनिधि कार्यशालामा सहभागी छन्। कार्यशाला आइतबार सम्पन्न हुनेछ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार