विश्वभरका लाखौं प्रयोगकर्ता शुक्रबार साँझदेखि फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा आएको प्राविधिक समस्याले प्रभावित भएका छन्। मेटाका यी लोकप्रिय प्लेटफर्महरूमा अचानक अवरोध आएको छ।
नेपालसहित विश्वभरका प्रयोगकर्ताले अनौठो झमेला बेहोर्नु परिरहेको छ। धेरैको अकाउन्ट चलाउँदाचलाउँदै स्वतः लगआउट भएको छ।
पुनः लगइन गर्दा ‘समथिङ वेन्ट रङ’ जस्ता सन्देश देखिन्छन्। फेसबुक र इन्स्टाग्रामको फिड लोड नहुने, मेसेज नजाने समस्या पनि छ।
