देशभर बाढी-पहिरोको जोखिमले चार सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरीका अनुसार दुई सडकमा एकतर्फी सवारी चलिरहेका छन्।
सम्भावित पहिरोको जोखिमले काठमाडौँको सतुंगल-चित्लाङ सडक बन्द छ। चन्द्रागिरि नगरपालिका-९ देउरालीमा सडक मर्मतका कारण यो सडक एक महिनासम्म चल्ने छैन।
बीपी राजमार्ग अन्तर्गत खुर्कोट-नेपालथोक कटुन्जेबेँसी सडकखण्डमा बाढीको जोखिम छ। प्रहरीले सवारी साधन सञ्चालनमा रोक लगाएको छ।
मकवानपुरको इन्द्रसरोबर गाउँपालिका- २ र ४ मा महालक्ष्मी खोलामा सडक मर्मत भइरहेको छ। यसले कुलेखानी-फाखेल सडकखण्ड अवरुद्ध पारेको छ।
रोल्पामा पहिरोले सहिद राजमार्ग पूर्ण रूपमा बन्द गराएको छ। Nmkhabarलाई प्रहरीले यो जानकारी दिएको छ।
