मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

विदेश पठाइदिने भन्दै करोडौं ठगी गर्ने सात पक्राउ

वैदेशिक रोजगारीमा पठाउने भन्दै सर्वसाधारणबाट करोडौं ठगी गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूले क्यानडा, ग्रिस, फ्रान्स, क्रोएसिया, बेलायत, रोमानिया र अमेरिका पठाउने भन्दै ठगी गरेका थिए। ठगी गर्नेहरूबाट पीडितहरूले १ करोड ५७ लाखभन्दा बढी रकम गुमाएका छन्।
NM Khabar
१ मिनेट पढाइ
आकार:
वैदेशिक रोजगारी ठगी
Share:
१७३

काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने प्रलोभन देखाएर सर्वसाधारणबाट करोडौं ठगी गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा डब्लुडब्लुआईसीएस अध्यागमन सेवा नेपाल प्रालिका सञ्चालक अमितकुमार र राहुलकुमार छन्। प्रहरीका अनुसार अमित भारतको पञ्जाव मोहाली र राहुल भारतको हरियाणा फरिदावादका हुन्। उनीहरू काठमाडौंको विभिन्न स्थानमा बस्दै आएका थिए।

अन्य पक्राउ पर्नेमा मुस्कान घिमिरे, जनकबहादुर वाइबा, मिलन घिमिरे, कमल थापा र नितु घिमिरे छन्। उनीहरू काठमाडौं, चितवन, मकवानपुर र सुनसरीका स्थायी बासिन्दा हुन्।

प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार अमित र राहुलले क्यानडा पठाइदिने भन्दै १ करोड ५७ लाख ६५ हजार ४०० रुपैयाँ ठगी गरेका छन्। मुस्कानले ग्रिस पठाउने भन्दै १२ लाख, जनकले फ्रान्स पठाउने भन्दै १६ लाख र मिलनले क्रोएसिया पठाउने भन्दै ३ लाख ३५ हजार रुपैयाँ ठगी गरेको अभियोग छ।

यसैगरी, कमल थापाले बेलायत र रोमानियालगायतका देशमा पठाउने भन्दै २७ लाख ५० हजार र नितु घिमिरेले अमेरिका पठाउने भन्दै २६ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको पीडितहरूको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ परेकामध्ये अमितकुमार र राहुलकुमारलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ। बाँकी मुस्कान, जनक, मिलन, कमल र नितुलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

NM Khabar

NM Khabar

संवाददाता · NM Khabar

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार