NM Khabar 15 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

वैदेशिक रोजगारी ठगीमा संलग्न ३ जना पक्राउ, लाखौँ ठगिएको खुलासा

आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिने भन्दै लाखौँ ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले इजरायल, अमेरिका र अजरबैजान पठाइदिने भन्दै पीडितहरूबाट रकम असुलेको पाइएको छ।
Arjun Basnet
Arjun Basnet
15 August 2026, 7:02 pm १ मिनेट पढाइ
आकार:
वैदेशिक रोजगारी ठगी
Share:

इजरायल, अमेरिका र अजरबैजान पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले पीडितहरूबाट कुल ३० लाख ४६ हजार रुपैयाँ असुलेको पाइएको छ।

पक्राउ पर्नेहरूमा सिराहा घर भई ललितपुर महानगरपालिका–१ बस्ने ४३ वर्षीय हर्षनारायण चौधरी, म्याग्दी घर भई काठमाडौँ महानगरपालिका–३२ बस्ने ४१ वर्षीय पदमबहादुर खड्का क्षेत्री र सप्तरी घर भई कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने ४८ वर्षीय शिवनारायण चौधरी छन्।

हर्षनारायणले इजरायल पठाइदिने भन्दै एक पीडितबाट ५ लाख रुपैयाँ लिएका थिए। पदमबहादुरले अमेरिका पठाइदिने प्रलोभन देखाएर अर्का एक पीडितबाट ३ लाख १० हजार रुपैयाँ ठगे। शिवनारायणले अजरबैजान पठाइदिने भन्दै ६ जनाबाट २२ लाख ४६ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको पीडितहरूको उजुरीमा उल्लेख छ।

पीडितहरूको उजुरीपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार