नेपालको विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च ३७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको जेठ मसान्तसम्मको तथ्यांकले ११ महिनामा ४०.३ प्रतिशतको वृद्धि देखाएको छ।
गत वर्षको असार मसान्तमा यो सञ्चिति २६ खर्ब ७७ अर्ब रुपैयाँ थियो। अमेरिकी डलरमा सञ्चिति २६.५ प्रतिशतले बढेर २४ अर्ब ६८ करोड डलर पुगेको छ।
कुल सञ्चितिमध्ये राष्ट्र बैंकसँग ३३ खर्ब ३० अर्ब छ। बाँकी ४ खर्ब २५ अर्ब बैंक तथा वित्तीय संस्थामा छ। यसमा भारतीय मुद्राको अंश २१.५ प्रतिशत छ।
हालको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रको सञ्चितिले २२.५ महिनाको वस्तु आयात धान्न सक्छ। यसले १९.१ महिनाको वस्तु तथा सेवा आयात पनि धान्नेछ।
