मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

ग्यास कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

खाना पकाउने ग्यासमा कालोबजारी रोक्न काठमाडौं उपत्यकाका ग्यास डिपोमा सादा पोसाकका प्रहरी खटाइने भएको छ। उद्योगमन्त्री गौरी यादवको आग्रहमा गृहमन्त्री सुदन गुरुङद्वारा प्रहरी परिचालनको निर्देशन दिइएको छ। कृत्रिम अभाव सिर्जना गर्ने र बढी मूल्य लिने व्यवसायीमाथि कारबाही गरिनेछ।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
ग्यास कालोबजारी
Share:
१५६

खाना पकाउने ग्यासमा कालोबजारी नियन्त्रण गर्न काठमाडौं उपत्यकाका ग्यास डिपो र बिक्री केन्द्रमा सादा पोसाकका प्रहरी परिचालन गरिने भएको छ। गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा यो कदम चालिएको हो।

भारतबाट ग्यास आयातमा समस्या नहुँदाहुँदै बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको गुनासो उद्योग मन्त्रालयमा पुगेको थियो। उद्योगमन्त्री गौरी यादवले यस विषयमा चासो लिएकी हुन्।

ग्यास आपूर्ति सहज हुँदा पनि अभाव देखाएर महँगोमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न मन्त्री यादवले गृहमन्त्री सुदन गुरुङसँग प्रहरी सहयोग मागेकी थिइन्।

मन्त्री यादवको आग्रहपछि गृहमन्त्री गुरुङले प्रहरी प्रशासनलाई ग्यास डिपो तथा बिक्री केन्द्रमा निगरानी बढाउन निर्देशन दिए। आवश्यकतानुसार सादा पोसाकका प्रहरी परिचालन गरिनेछ।

सरकारले ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, लुकाउने वा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने व्यवसायीमाथि निगरानी बढाउनेछ। दोषी भेटिए कानुनअनुसार कारबाही गरिनेछ। उपभोक्ताले ग्यास सहज रूपमा पाउने वातावरण सुनिश्चित गर्न अनुगमन थप प्रभावकारी बनाइनेछ।

उपत्यकाको अनुगमनबाट प्राप्त सूचनाका आधारमा आवश्यक परे अन्य जिल्लाका ग्यास डिपो तथा बिक्री केन्द्रमा समेत सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी बढाइने गृह मन्त्रालयले जनाएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार