मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

ग्यास लुकाउने व्यवसायीलाई कारबाहीको चेतावनी, मन्त्रीले सहज आपूर्ति गर्ने आश्वासन दिइन्

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको छ। उद्योगमन्त्री गौरीकुमारीले देशमा देखिएको ग्यास आपूर्ति असहजता केही दिनभित्रै समाधान हुने आश्वासन दिएकी छन्।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
ग्यास अभाव
Share:
१६७

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ। ग्यास सहज नपाएको, बिक्रेता तथा डिपोले आफू निकटलाई मात्र बिक्री गरेको र तोकिएको मूल्यभन्दा बढीमा बेचेको जस्ता गुनासो तथा उजुरी विभागमा आइरहेका छन्।

विभागले ग्यास सिलिन्डर लुकाएर बिक्री वितरण गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने र तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने कार्य कानुनविपरीत भएको भन्दै त्यस्ता कार्यमा संलग्नलाई कारबाही गरिने स्पष्ट पारेको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले देशका विभिन्न स्थानमा देखिएको खाना पकाउने ग्यासको आपूर्ति असहजता केही दिनभित्रै पूर्ण रूपमा समाधान हुने बताएकी छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्रीकुमारीले ग्यासको आपूर्ति सहज बनाउन सरकारले आवश्यक समन्वय र व्यवस्थापन गरिरहेको जानकारी दिइन्।

उनले उपभोक्तालाई अफवाह र भ्रमपूर्ण सूचनाको पछि नलाग्न आग्रह गर्दै आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा सञ्चय नगर्न अनुरोध गरिन्। मन्त्रीकुमारीले ग्यासको सहज तथा न्यायोचित वितरण सुनिश्चित गर्न वैकल्पिक सिलिन्डर नभएका सर्वसाधारणलाई पहिचान गरी प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउने व्यवस्था तत्काल मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको पनि बताइन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार