मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

सरकारद्वारा ४ सहिद घोषणा, एम्बुलेन्स र शववाहनमा भ्याट छुट

सरकारले सुनसरी र सिराहामा मृत्यु भएका ४ जनालाई सहिद घोषणा गरेको छ। एम्बुलेन्स र शववाहनमा लाग्ने भ्याट र पूर्वाधार लगानी शुल्कमा पूर्ण छुट दिइएको छ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
मन्त्रिपरिषद्का निर्णय
Share:
१५३

सुनसरी र सिराहा घटनामा मृत्यु भएका चार जनालाई सरकारले सहिद घोषणा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गर्‍यो।

शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार सहिद घोषणा हुनेमा सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्रकुमार मेहता र सिराहाका गणेशकुमार यादव छन्।

मन्त्रिपरिषद्ले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युत्बाट सञ्चालित एम्बुलेन्स र शववाहनमा लाग्ने पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर (भ्याट) मा पूर्ण छुट दिने निर्णय गर्‍यो।

विज्ञापन

बैठकले पोर्चुगल सरकारलाई काठमाडौंमा काउन्सिलर कार्यालय खोल्न सहमति दियो। वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा बाराका निर्मलकुमार उप्रेती नियुक्त भए।

पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा ढङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने निर्णय पनि सरकारले गर्‍यो।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार