NM Khabar 4 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

२६०८ विस्थापितमध्ये ४६५ सुकुमवासी परिवारलाई मात्र राहत

काठमाडौंका २ हजार ६०८ विस्थापित सुकुमवासी परिवारमध्ये ४६५ ले मात्र सरकारी राहत पाएका छन्। मन्त्रिपरिषद्को निर्णयअनुसार प्रतिपरिवार २५ हजार रुपैयाँ वितरण गरियो। अधिकांश २ हजार २२० परिवार अझै होल्डिङ सेन्टर बाहिर छन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
4 July 2026, 7:03 pm १ मिनेट पढाइ
आकार:
सुकुमवासी राहत, काठमाडौं विस्थापित, सरकारको निर्णय
Share:

काठमाडौंका १७ सुकुमवासी बस्तीबाट विस्थापित २ हजार ६०८ परिवारमध्ये ४६५ ले मात्र सरकारी राहत पाएका छन्।

सरकार गठनको सय दिन पूरा भएको अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा यो राहत वितरणको जानकारी दिइएको हो।

मन्त्रिपरिषद्को गत ५ जेठको निर्णयले प्रतिपरिवार २५ हजार रुपैयाँ राहत प्रदान गरेको सरकारले जनायो।

यसअघि गत ११ वैशाखमा सहरी विकास मन्त्रालयले गरेको निर्णय अनुसार काठमाडौंका १७ सुकुमवासी बस्तीबाट कुल २ हजार ६०८ परिवार विस्थापित भएका थिए।

विस्थापितमध्ये हालसम्म ३८८ परिवारलाई सरकारले ‘होल्डिङ सेन्टर’ मा राखेको छ।

बाँकी २ हजार २२० परिवार भने ‘होल्डिङ सेन्टर’ बाहिर नै रहँदै आएका छन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार