NM Khabar 7 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

नेपाललाई मल र इन्धन निरन्तर दिने भारतको प्रतिबद्धता

भारतले नेपाललाई पेट्रोलियम पदार्थ र रासायनिक मलको निरन्तर आपूर्तिको प्रतिबद्धता दोहोर्‍याएको छ। भारतीय विदेश मन्त्रालयले बिहीबार आयोजित पत्रकार सम्मेलनमा द्विपक्षीय सहकार्य सुदृढ रहेको बताएको छ।
Bikram Magar
Bikram Magar
7 May 2026, 6:33 pm १ मिनेट पढाइ
आकार:
Share:

भारतले नेपाललाई आवश्यक पर्ने पेट्रोलियम पदार्थ र रासायनिक मलको निरन्तर आपूर्ति गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ। भारतीय विदेश मन्त्रालयले बिहीबार आयोजित साप्ताहिक मिडिया ब्रिफिङमा नेपाल–भारत सम्बन्ध ‘बहुआयामिक’ रहेको उल्लेख गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरेको हो।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपाल र भारतबीचको व्यापारिक तथा रणनीतिक सहकार्य सुदृढ रहेको बताए। नेपालमा अत्यावश्यक वस्तुको आपूर्तिबारे सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा प्रवक्ता जैसवालले दुई देशबीचको आयात–निर्यात प्रक्रिया नियमित रूपमा सञ्चालन भइरहेको जानकारी दिए।

उनले नेपाल–भारतबीचको सहकार्य सम्झौता अनुसार नै इन्धन आपूर्ति भइरहेको र यो प्रक्रिया आगामी दिनमा पनि निरन्तर चल्ने बताए। ‘यो प्रक्रिया आगामी दिनमा पनि निरन्तर चलिरहनेछ,’ प्रवक्ता जैसवालले भने।

रासायनिक मल आपूर्तिको विषयमा पनि भारतले सकारात्मक धारणा राखेको छ। ‘नेपाललाई आवश्यक पर्ने रासायनिक मल हामी उपलब्ध गराउँछौँ,’ उनले भने।

नेपालले पछिल्लो समय भारतसँग रासायनिक मल खरिदका लागि सरकार–सरकार (जीटुजी) सम्झौता गर्दै आएको छ। यस्तै, पेट्रोलियम पदार्थ आपूर्तिका लागि नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आईओसी) बीच दशकौँदेखि व्यावसायिक सहकार्य कायम छ।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

Nmkhabar का कूटनीति तथा अन्तर्राष्ट्रिय मामिला संवाददाता। नेपालको परराष्ट्र सम्बन्ध, भू-राजनीति र द्विपक्षीय सम्झौताका विषयमा विशेषज्ञता।

सम्बन्धित समाचार