औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बक्यौता नतिरेका देशभरका ६३ उद्योगको पानी र बिजुली लाइन काटेको छ। बुधबारदेखि सुरु भएको यो कारबाहीले सरकारी सम्पत्तिको दुरुपयोग रोक्ने लक्ष्य राखेको छ।
१० वटा औद्योगिक क्षेत्रका उद्योगहरूले भाडा र महसुल भुक्तानीमा आनाकानी गरेपछि यो कदम चालिएको हो। लाइन काट्न थालिएकै दिन करिब १० करोड रुपैयाँ बक्यौता असुल भएको छ।
सबैभन्दा बढी बालाजु औद्योगिक क्षेत्रमा २४ उद्योगको लाइन काटिएको छ। बालाजुका बालाजु अटो वक्र्स, गुराँस इन्जिनियर्स, बालाजु अटो क्लिनिक, आरके प्लास्टिक, उत्सव प्लास्टिक, एटलस पेट प्लस, नेपाल पोली पाइप, पूजा इन्टरनेसनल, जयहनुमान फुड, उडेन एसोसिएन एन्ड स्पोर्टस, जेनस इन्जिनियरिङ, मोहित स्पाइसेज एन्ड फुड प्रोडक्टस, काठमाडौं डोमेस्टिक सप्लाइसेस्, ग्लो इन्टरनेसनल, गोकुल इन्डस्ट्रिज, कर्मचारी प्लास्टिक उद्योग, मनोज प्रिन्टिङ हाउस, नेपाल पेन्ट्स, नेपाल म्याग्नी इन्जिनियरिङ, पब्लिक एसेट, त्रिकोण मेटल इन्डस्ट्रिज, त्रिकोण बेभरेज, तुलिप प्रोडक्टस र सूर्य सनसाइनका विद्युत् तथा पानी लाइन काटिएको छ।
हेटौंडा औद्योगिक क्षेत्रका १३ उद्योगहरू – प्रतिक उडान ट्रिटमेन्ट, सहयात्री जिप उद्योग, फेसन पेन्ट्स, सी एभरेष्ट एन्ड काइफु नेपाल, युनिक प्लास्टिक, नोवेल प्याकेजिङ, सूर्य पेन्ट्स एन्ड केमिकल, नेपाल रोटो प्रिन्टिङ एन्ड प्याकेजिङ, भुवनेश्वर प्लास्टिक, हेटौंडा इन्जिनियरिङ वर्क्स, गोदावरी प्लास्टो क्राफ्ट इन्जिनियरिङ, सञ्जिवनी अक्सिजन र साउथ एसियन पोलिपाइप – को लाइन काटिएको छ।
पाटन औद्योगिक क्षेत्रका ७ उद्योगहरू – बिल्डिङ मट्रियल, नेप्लिज ह्याण्डिक्राफ्ट, सरस्वती टेक्सटायल, हिमालयन क्राफ्ट, भैरवनाथ आइरन, अनुज मेटल र ललितपुर कलात्मक उद्योग – कारबाहीमा परेका छन्।
पोखरा औद्योगिक क्षेत्रका ५ उद्योग – पन्थी इन्डस्ट्रिज, ग्लोबल केवल इ, विनित मेटल उद्योग, ए वान ब्लक उद्योग र पोखरा कपास – को लाइन काटिएको छ।
बुटवलका ओसिन पावर, दुर्गालक्ष्मी इन्जिनियरिङ, वेवी प्लास्टिक र लक्ष्मी इन्जिनियरिङ गरी ४ उद्योगको लाइन काटिएको छ। भक्तपुरका ओम सत्यसाई प्लास्टिक उद्योग, सिर्डी इन्जिनियरिङ, कान्तिपुर फिड र जय सञ्जिवनी डेरीका ४ उद्योगको लाइन काटिएको छ।
नेपालगञ्जका अमानी ट्रेडर्स, लभ ए एग्रो र भेरी प्राविधिक शिक्षालय, धरानका जेबी स्टिल एन्ड आइरन र प्रशन्न प्लास्टिक उद्योग तथा गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको अन्जु फुड एन्ड स्न्याक्स इन्डस्ट्रिजको पनि लाइन काटिएको छ।
लाइन काटिएपछि बक्यौता बुझाउन आएका ८ उद्योगको लाइन तत्कालै पुनः जडान गरिएको छ। बालाजुका बालाजु अटो वक्र्स, आरके प्लास्टिक, एटलस पेट प्लस र नेपाल पोली पाइप, पाटनका भैरवनाथ आइरन र अनुज मेटल, पोखराको पोखरा कपास तथा नेपालगञ्जको भेरी प्राविधिक शिक्षालयको विद्युत् लाइन पुनः जडान गरिएको हो।
कुल ६३ उद्योगको लाइन काटिएकोमा ८ वटाले बक्यौता तिरेर लाइन पुनः जडान गराएपछि ५५ उद्योग पूर्णरूपमा लाइन काटिएकै अवस्थामा छन्। लिमिटेडले बिहीबार पनि अन्य उद्योगहरूको लाइन काट्ने क्रम जारी राख्ने जनाएको छ।
