मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

जाजरकोट पहिरो: २ बेपत्ता, १० घाइते, उद्धार कार्य जारी

जाजरकोटको भेरी नगरपालिका– २, रिसाङमा पहिरोमा परी २ जना बेपत्ता र १० जना घाइते भएका छन्। अविरल वर्षाका कारण पहिरो गएको, घर र टहरा भत्किएका छन्। उद्धारका लागि सेना, प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
जाजरकोट पहिरो
Share:
१३०

जाजरकोटको भेरी नगरपालिका– २, रिसाङमा अविरल वर्षापछि गएको पहिरोले दुई जना बेपत्ता र १० जना घाइते भएका छन्। पहिरोले घर तथा टहरा भत्काउँदा यो घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीरकुमार खड्काका अनुसार भेरी नगरपालिका–२ फारुलाका ५४ वर्षीय उमासिंह खत्री र चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की बेपत्ता छन्। पहिरोमा सात जना घाइते भएको प्रारम्भिक जानकारी आए पनि पछि १० जना घाइते भएको पुष्टि भएको छ।

घाइते हुनेहरूमा रामबहादुर शाही, सिद्धिबहादुर कामी, भद्राकली कार्की, केदार कार्की, मनवीर चदरा, मोतीकला विक, अनिता कार्की, युनिश शाही, सुन्तली चदरा र रती खत्री छन्। पहिरो आएपछि भाग्ने क्रममा केही व्यक्ति सम्पर्कविहीन भएका थिए।

घटनास्थलमा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ५० जनाको टोली परिचालन गरिएको छ। भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको घर पहिरोले पूर्ण रूपमा क्षति भएको छ। भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पूर्ण रूपमा क्षति भएको छ।

सम्पर्कविहीनहरूको खोजी तथा घाइतेको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार