मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

जनकपुरमा मिटरब्याजपीडित महिलाको आत्मदाह प्रयास, प्रहरीले उद्धार गर्‍यो

• जनकपुरमा मिटरब्याज पीडित महिलाले आत्मदाहको प्रयास गरेकी छन्। • धनुषा जिल्ला अदालत अगाडि पेट्रोल खन्याउने क्रममा प्रहरीले उद्धार गरेको छ। • पीडित महिलाको अवस्था सामान्य छ र उनले न्याय नपाएको गुनासो गरेकी छन्।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
मिटरब्याज पीडित जनकपुर
Share:
१५८

जनकपुरधाम । धनुषा जिल्ला अदालत अगाडि मिटरब्याज पीडित फुलकुमारी रजकले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी छन् ।

रजकले अदालत परिसरमा नाराबाजी गरिरहेका बेला उक्त प्रयास गरेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी मधुसुधन न्यौपानेका अनुसार प्रहरीले तत्काल हस्तक्षेप गरी उनलाई उद्धार गरेको छ ।

विज्ञापन

प्रहरीले उद्धार गरेपछि रजकलाई थप उपचारका लागि प्रादेशिक अस्पताल पठाइएको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

रजकले अदालतबाट न्याय नपाएको गुनासो गरेकी थिइन् ।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार