प्रहरीले जनआस्था पत्रिकाको कार्यालयमा छापा मारेको छ। सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको भोलिपल्ट बिहीबार बिहान प्रहरी टोली कार्यालय पुगेको हो।
प्रहरीले कार्यालयबाट कम्प्युटर, ल्यापटप, मोबाइललगायत सामग्री नियन्त्रणमा लिएको छ।
श्रेष्ठलाई बुधबार साँझ निवासबाटै पक्राउ गरिएको थियो। वैयक्तिक गोपनीयतासम्बन्धी कसूरमा दीपिका सिंहको जाहेरीमा मुद्दा दायर भएको छ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दानबहादुर थापाले अनुसन्धानका लागि डिभाइस नियन्त्रणमा लिएको बताए।
